सहकर्मीलाई यौन दुर्व्यवहार गरेको भन्दै डाक्टर पक्राउ

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०८१, मंगलवार

नेपालगन्जः प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।

सहकर्मी डाक्टरले नै यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ ।

कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन ।

बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना तिहारअघिकै भएको बताए । ‘अनुसन्धान पनि लगभग अन्तिम चरणतिर पुगिसकेको छ’, उनले भने ।

 

 

 

  • २७ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech