नेपालगन्जः विश्व मधुमेह दिवसको अवसरमा नेपालगन्जमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नेपालगन्ज भेरी अस्पतालदेखि रामलिला मैदान जानेबाटोमा अवस्थित शिखर केयर एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजनामा आगामी २९ गते विहीबार शिविर आयोजना गरिएको हो ।
शिविरमा सुगर, थाइराइड, पेट तथा कलेजो, डेंगी, टाइफाइड लगायतका फिजिसियन सेवा प्रदान गरिनेछ ।
ओपिडी सेवालाई निःशुल्क गरिएपनि मेडिकल ल्याव र प्रतिशत र इन्डोस्कोपी सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको सेन्टरले जनाएको छ ।