बैकुण्ठधाम महोत्सवमा डा.रमेश श्रेष्ठले गरे चार लाख दान, अरु क–कस्ले गरे दान ?

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०८१, आईतवार

नेपालगन्जः प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा डा.रमेश श्रेष्ठले चार लाख बढी दान गरेका छन् ।

इएन्टी सर्जन डा. श्रेष्ठले वैकुण्ठधाम आध्यात्मिक महोत्सवको आज तेस्रो दिन चार लाख १० हजार रुपैयाँ दान गरेको महोत्सव आर्थिक समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

रुपन्देहीको बुटवल स्थायी घर भइ हाल नेपालगन्जमा बस्दै आएका डा. श्रेष्ठ महोत्सवमा दान गर्ने दानवीर मध्ये आज सबै भन्दा बढी दान गर्ने मध्ये तेस्रोे दानवीर हुन् ।

पहिलो दानवीर कोहलपुरकी खुमा अर्याल भइन् । उनले १० लाख ११ हजार रुपैयाँ दान गरिन् । त्यसैगरी नेपालगन्ज–१२ की सुशिला शर्माले ५ लाख ५ हजार दान गर्दै दोस्रो दानवीर बनिन् ।

नेपालगन्ज– ९ का रामचन्द्र आचार्यले २ लाख ५५ हजार ५५५ रुपैयाँ दान गरे । नेपालगन्ज–१० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलले १ लाख १ हजार १११ रुपैयाँ, नेपालगन्ज ६ की निरु रेग्मीले १ लाख ११५ रुपैयाँ दान गरेको आर्थिक संयोजक श्रेष्ठले बताए ।

नेपालगन्ज घर भएर हाल बेलायत बस्दै आएकी प्रान्जली बस्नेतले १ लाख १ हजार, नेपालगन्जका पुराना अधिवक्ता गिरीवर अग्रवालले ५१ हजार रुपैयाँ, नेपालगन्ज घर भइ हाल बेलायत बस्दै आएकी करुणा शाहीले ३५ हजार १०० रुपैयाँ दान गरे ।

जेष्ठ नागरिक सञ्जालले २५ हजार ५५५ रुपैयाँ, कन्हैयालाल टण्डनले २५ हजार रुपैयाँ, नेपालगन्ज–१८ का पूर्णदेव गिरीले २५ हजार रुपैयाँ र नेपालगन्जका खत थापाले २५ हजार १०० रुपैयाँ दान गरेको आर्थिक संयोजक श्रेष्ठले बताए ।

आइतवारमात्र तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २०० आम्दानी भएको उनले बताए । सिधनियाघाटमा दाहसंस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ गएको २२ गतेबाट आध्यात्मिक महोत्सव सुरु भएको हो । महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech