वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दोस्रो दिन सबैभन्दा बढी दान गर्नेमा स्वास्थ्यकर्मी शर्मा

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०८१, शनिबार

नेपालगन्जः वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा सुरु भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवको दोस्रो दिन स्वास्थ्यकर्मीले सबैभन्दा बढी दान गरेका छन् ।

नर्सिङ पेशामा आवद्ध सिनियर नर्स कोहलपुर नगरपालिका-११ निवासी रम्भा शर्माले शनिवार हालसम्मकै सर्वाधिक दान गरिन् । उनले १५ लाख ११ हजार रुपैयाँ वैकुण्ठधामका लागि दान गरेको महोत्सव आयोजक समितिका आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी नेपालगन्जमा पुराना चिकित्सक डा. केदारनाथ अग्रवालले ५ लाख ५५ हजार ५५५ रुपैयाँ दान गरे । शनिवार नै भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले पनि २ लाख २२ हजार २२२ रुपैयाँ दान गरेका छन् । वाचन शिरोमणी प दीनबन्धु पोखरेलद्धारा भागवत वाचन भइरहेको छ । आध्यात्मिक महोत्सवमा शनिवार ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका-१ की समाजसेवी लक्ष्मी खड्का कार्कीले ५ लाख १ हजार १०१ रुपैयाँ, कोहलपुर नगरपालिका १२ का पेट्रोलियम व्यवसायी टि.पी न्यौपानेले १ लाख ५१ हजार १५१ रुपैयाँ, नेपालगन्ज उपमहानगरपालिका १८ का राजनीतिकर्मी तथा व्यवसायी गोपाल प्रसाद अधिकारीले १ लाख ११ हजार १११ रुपैयाँ, नेपालगन्ज उपमहानगरपालिका १२ का उद्यमी सञ्जीव बस्नेतले १ लाख १ हजार रुपैयाँ दान गरे ।

खजुरा गाउँपालिका ४ की उद्यमी उत्तमराज घिमिरेले ५१ हजार रुपैयाँ, नेपालगन्ज उपमहानगरपालिका-२ का दयाराम पाण्डेले ३१ हजार ५५० रुपैयाँ र नेपालगन्ज उपमहानगरपालिका-२ का नारायण प्रसाद पाण्डेले ३१ हजार ५५१ रुपैयाँ प्रदान गरे । आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

  • २४ कार्तिक २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech