स्वास्थ्य क्षेत्रको अवस्था, समस्या र समाधान

    • नरेश श्रेष्ठ

  • २४ कार्तिक २०८१, शनिबार

स्वास्थ्य सेवालाई सरकारले आफनो विभिन्न निकाय मार्फत माथिल्लो तहवाट तल्लो तहसम्म पु¥याउँदै आएको छ । मानिसहरु अझैपनि विरामी पर्दा आधुनिक चिकित्सा सेवा तर्फ लाग्नु अघि परम्परागत विश्वासमा आधारित झारफुक, लामा, धामीतर्फ प्रभावित छन् । यस प्रकार नेपालमा परम्परागत तरिकाले स्वास्थ्य सेवा पद्धतिले ठूलो जरो गाडेको पाईन्छ । बाँके पनि त्यो बाट अछुतो छैन । ती परम्परागत पद्धति पनिदुई भागमा विभाजन गर्न सकिन्छ ।

१. पद्धति विहीन उपचार पद्धति
यो उपचार पद्धतिमा खास कुनै वैज्ञानिक तथ्य हुदैन । यस विधिअनुसार मानिसलाई भुत, प्रेत, बोक्सी, राक्षस चडेको र दैवि शक्तितथा देविदेउता रिसाएर रोग भएको भन्ने गरिन्छ । यसको उपचार विधिमा खास औषधि नदिएर तन्त्र–मन्त्र गर्ने, देवतालाई वलि चढाउने, खुसी पार्ने, भोग दिने, पुजापाठ गर्ने आदि पर्दछन भने उपचारमा सुँडेनी, पुरोहीत, लामा, झारफुक, बैद्य, झाँक्री, धामी आदि रहेको पाइन्छ ।

२. पद्धतिबद्ध उपचार पद्धति
वैज्ञानिक सिद्धान्तको साथै प्राकृतिक र शारीरिक रचनासँग मिल्ने तरिकावाट उपचार गर्ने परम्परागत चिकित्सा पद्धतिलाई पद्धतिबद्ध परम्परागत उपचार पद्धति भनिन्छ । यस उपचार पद्धतिमा आयुर्वेदिक पद्धति, प्राकृतिक चिकित्सा, जडिबुटी चिकित्सा, होमियोप्याथी चिकित्सा, युनानी चिकित्सा, आम्ची चिकित्सा पद्धति, एक्युपन्चर उपचार पद्धति आदिलाई लिन सकिन्छ ।

स्वास्थ्य क्षेत्रका प्रमुख उपचार पद्धतिः
१–आधुनिक चिकित्सा प्रणालीः परम्परागत मान्यतामा आधारित नभई वैज्ञानिक तवरले बिरामीको अवस्थालाई गहन अध्ययनमनन गरी बाह्य तथा आन्तरिक परीक्षण गरी अनुसन्धान र प्रतिवेदनको आधारमा व्यवस्थित तवरले उपचार गरिने पद्धतिलाई आधुनिक चिकित्सा प्रणाली भनिन्छ ।

२–आयुर्वेदिक चिकित्सा प्रणालीः आयु भनेको मानिसको जीवन लम्व्याउने बेद विधि वा तरिका हो । मानव जीवनलाई स्वस्थ र निरोगीबनाई दीर्घ जीवनयापन गर्ने पद्धतिलाई आयुर्वेद पद्धति भनिन्छ । हिन्दु धर्म अनुसार यसलाई चार वेद मध्येको एक बेद अथर्ब वेदसँग सम्वन्ध भएको मानिन्छ । आयुर्वेद चिकित्सा प्रणालीको जननी हो । आयुर्वेदको सिद्धान्त अनुसार प्रत्येक वस्तुः पृथ्बी, जल, अग्नि, बायु, र आकाश मिलेर बनेको हुन्छ । यो त्रिदोष सिद्धान्त जसमा बात, पित्त र कफलाई समाबेश गरीन्छ । आयुर्बेद चिकित्सा खण्डलाई ८ खण्डमा विभाजन गरिएको छ । ती हुनः–कायाचिकित्सातन्त्र, शल्यतन्त्र, सलक्यतन्त्र, कौमार मृत्य तन्त्र, आगादतन्त्र, रसायन तन्त्र, बर्गिकरण र भुतविद्या । आयुर्वेद चिकित्साअनुसारको रोगको निदान गर्दा बैद्य, कविराजहरुले नाडी, आँखा, जिब्रो, कफ, रगत, दिसा–पिसावको अवस्था अनुसार गर्दछन् ।

३–होमियोप्याथी चिकित्सा प्रणालीः आयुर्वेद जस्तै बढि प्रचलन नभए पनि चिकित्साको इतिहासमा यो पद्धतिको स्थान उल्लेखनीय देखिन्छ । जुन औषधीले शरिरभित्र प्रबेश गरी सकेपछि जस्तो किसीमको लक्षण देखा पर्ने रोग छ त्यस्तै प्रकारका लक्षण निकाल्ने गरि उपचार गरिन्छ । त्यसैले यो पद्धतिको सिद्धान्तलाई ‘Law of similar’ and ‘Law of minimum dose’ भन्ने बुझिन्छ । होमियोप्याथी चिकित्सा पद्धति अनुसार रोगको निदान गर्दा आयुर्वेद पद्धतिको जस्तै नाडीको चाल, आँखा, छाला, जिब्रो, रगत, दिसापिसावको अवस्थाको साथै आजकाल आधुनिक चिकित्साको जस्तो Stethoscope, BP set आदिको प्रयोग गरेको पाईन्छ । होमियोप्याथीचिकित्साको सानो मात्राले पनि Disease को विरुद्ध Immunity लाई Stimulate पारिदिन्छ ।

अव बाँकेको स्वास्थ्य अवस्थालाई हेरौं
स्वास्थ्य सेवाका हिसावले बाँके जिल्ला अहिले पनि लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले आधारभूतदेखि विशिष्टिकृत स्वास्थ्य सेवा लिने मेडिकल हवको रुपमा रहेको छ । यहाँ विशिष्टिकृत सेवा प्रदान गर्नका लागि भेरी अस्पताल संघीय तहको रहेको छ भने संघीय सरकारबाट नै स्वीकृत प्राप्त नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल रहेको छ । त्यस्तै संघीय सरकार मातहतकै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा र प्रहरी अस्पताल नेपालगन्ज समेत रहेको छन् । बाँके जिल्लाका ८ स्थानीयतहका ८१ वटा सबै वडाहरुमा आधारभूत सेवा प्रदान गर्नका लागि स्वास्थ्य संस्थाहरु रहेकाछन् ।

जसमा राप्तीसोनारी गाउँपालिकामा प्राथमिक अस्पताल, कोहलपुर नगरपालिका अन्र्तगत कोहलपुर नगर अस्पताल रहेको छ भने खजुरा, बैजनाथ र नरैनापुरमा मेडिकल अधिकृत दरवन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र ३ वटा रहेकाछन् । त्यसैगरी जिल्लाका प्रत्येक वडामा १ संस्था रहने गरि ४० वटा स्वास्थ्य चौकी, २७ वटा आधारभुत स्वास्थ्य केन्द्र, ६ वटा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, ५ वटा सामुदायिक स्वास्थ्य ईकाईहरु रहेका छन् । समुदायतहमा स्वास्थ्य सेवा प्रवाहलाई सहज गराउन ११९ वटा गाउँघर क्लिनिक, २९२ वटा खोप क्लिनिक र ७८५ जनामहिला स्वास्थ्य स्वयंसेविका छन् । त्यसैगरी प्रदेश सरकारवाट १०० सैयाको स्वीकृत प्राप्त वेष्टर्न अस्पताल र एचसीआरसी अस्पताल छन् ।

स्वास्थ्य कार्यालय र स्थानीय सरकारबाट स्वीकृति लिई सेवा संचालन गरिरहेका ५८ वटा पोलिक्लिनिक र १५ वटा डाईग्नोष्टिक सेन्टर रहेका छन् । तराईको जिल्ला भएकाले मध्यम तहका जनशक्तिहरु स्वास्थ्य संस्थाहरुमा दरवन्दी अनुसार पूर्ण छन् । स्थानीय तहहरुबाट थप करारमा जनशक्तिहरु पनि राखिएकाछन् । तैपनि स्थानीयतहका प्राथमिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा चिकित्सकहरु जान नमान्ने गरेका कारणले चिकित्सकीय सेवा प्रदान गर्न स्थानीयतहमा कठिनाई देखिन्छ । तराईको सुगम जिल्ला भएतापनि स्थानीयतहमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि केही कठिनाई छन् । त्यस्लाई व्यवस्थित गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउन सकिन्छ ।

समस्या र समाधानका उपाय

समग्ररुपमा बाँके जिल्लामा उपलब्ध आधारभूतदेखि विशिष्टकृत स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको उपलब्धता र भौगोलिक सुगमताले गर्दा स्वास्थ्य सेवा समयानुकूल गुणस्तरीय र सेवाग्राही मैत्री बनाउन सकिन्छ । तीनै तहका सरकारबाट स्वास्थ्य क्षेत्रमा अत्यावश्यक योजनाहरुमा आवश्यक वजेट, जनशक्तिको उचित परिचालन, स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थाहरुमा तोकिएको समयसम्म रहने अवस्था, आवश्यक जाँच उपकरणको निरन्तर सुचारुता, औजार उपकरणको सहि अवस्था, औषधिको निरन्तर उपलब्धताको ब्यवस्था मिलाउन सक्ने हो भने सरकारले नागरिकलाई दिन चाहेको आधारभूतदेखि विशिष्टकृत स्वास्थ्य सेवाप्रदान गर्न र राज्यले तोकेका सूचांकहरु पूरा गर्न सकिन्छ ।
( लेखक श्रेष्ठ स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत हुन्)

  • २४ कार्तिक २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech