स्वास्थ्य पत्रकार कल्पना आचार्य र धनबहादुर खड्‍का पुरस्कृत

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०८१, शुक्रबार

नेपालगन्ज: एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर)लाई लिएर गरिएको रिपोर्टिङका आधारमा स्वास्थ्य पत्रकार कल्पना आचार्य र धनबहादुर खड्‍का पुरस्कृत भएका छन्।

हेल्थ टिभी अनलाइनकी आचार्य र स्वास्थ्यखबरका  खड्‍का ‘ग्लोबल एएमआर मिडिया अवार्ड २०२४’ बाट पुरस्कृत भएका हुन् । पुरस्कृत आचार्यले एएमआरका विषयमा  भएको युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङ आधारमा उक्त अवार्ड प्राप्त गरेकी हुन्।

यसैगरी खड्काले ‘अलार्मिङ एमएमआर: २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शिर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ‘प्रभावहिन बन्दै एन्टिबायोटिक’बाट उक्त अवार्ड प्राप्त गरेका हुन्।

विश्वका ३० देशका मिडियाकर्मी र संस्थाहरुको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स‘ले पुरस्कार प्रदान गर्ने गरेको छ। विश्व स्वास्थ्य संगठन ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरिएको थियो। प्रतिष्पर्धीमध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो।

त्यसैगरी अर्को युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङको रहेको थियो। छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो।

विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्।  बिहिबार भएको चौथो वार्षिक ग्लोबल मिडिया फोरममा उक्त अवार्ड घोषणा गरिएको हो।

  • २३ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech