नेपालगन्जः नेपालगन्जको रामलिला मैदानबाट आजदेखि आध्यात्मिक महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटन अघि नेपालगन्जमा शोभा कलशयात्रा निकालिएको छ ।
बैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहितको शोभा कलशयात्रा सुरु भएको हो ।
बैकुण्ठधाम महोत्सवको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लामो समयसम्म व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका यसक्षेत्रकै सामाजिक व्यक्तित्व डा. सुरेश कुमार कनोडियाले नेतृत्व गरेका छन् । शोभा कलशत्रामा बाचन शिरोमणी पं दीनबन्धु पोख्रेल सहभागि भएका थिए ।
शोभा कलश यात्रा रामलिला मैदानबाट सुरु भई भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोजी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन हुनेछ ।
जाती, भाषा, धर्म र सम्प्रदायको झाँकी सहितको कलशयात्रा सुरु भएको हो । सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव हुन लागेको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।