जाडो सुरु भए पनि रोकिएन डेंगी संक्रमणको जोखिम

११ महिनामा २८ हजारभन्दा धेरैलाई डेंगी संक्रमण


    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८१, बिहीबार

काठमाडौं: जाडो मौसम सुरु भए पनि डेंगी संक्रमणको जोखिम कम भएको छैन । पछिल्लो ११ महिनामा २८ हजारभन्दा धेरैलाई डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म डेंगीको प्रकोप हुम्लाबाहेकका सबै जिल्लामा देखिएको र संक्रमित मध्ये ५० प्रतिशत गण्डकी प्रदेशका मात्रै रहेको पनि मन्त्रालयले जनाएको छ ।

गत जनवरी यता डेंगी संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । जिल्लागत हिसाबले सबैभन्दा धेरै कास्की र त्यसपछि काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगीको जोखिम बढी देखिएको छ । गत अक्टोबरमा मात्रै ९ हजार ६ सय ६६ जनामा संक्रमण देखिएको छ । यसै साता पानी परेकाले लामखुट्टेको टोकाइबाट हुने डेंगी संकमण अझै केही दिन फैलिनसक्ने भन्दै मन्त्रालयले थप सावधानी अपनाउन आग्रह गरेको छ ।

  • २२ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech