नाक, कान र घाँटी रोग विशेषज्ञ डा.रमेश कुमार श्रेष्ठ पश्चिम नेपालमा ख्याती कमाएका चिकित्सक हुन् । ७५ वर्षीय श्रेष्ठ अहिलेपनि बिरामीको उपचारमा खटिदै आएका छन् । उनी करिव ३३ वर्षदेखि नेपालगन्जमा बसेर पश्चिम नेपालमा नाक, कान र घाँटीका बिरामीलाई उपचार सेवा प्रवाह गर्दै आएका छन् । यसक्षेत्रमा कान स्वास्थ्यको उपचारमा जागरण ल्याउन उनको नेतृत्वदायी भूमिका छ । पश्चिम नेपालको पहिलो बाँकेको गनापुरस्थित पानस फर्मास्युटिकल्स प्रा.लि.का कार्यकारी अध्यक्ष समेत रहेका उनै डा.श्रेष्ठसँग औषधि उद्योगदेखि चिकित्सकीय अनुभवलाई यो स्टोरीमा समेटिएको छ ।
को हुन् डा.श्रेष्ठ ?
डा.रमेश कुमार श्रेष्ठ तानसेन नगरपालिका–४ पाल्पामा वि.सं. २००६ सालमा जन्मिए । बुवा बुद्धिलाल श्रेष्ठ र आमा शुभलक्ष्मी श्रेष्ठको कोखबाट उनी पाँचौं सन्तानका रुपमा जन्मिए । उनी भन्दा अगाडि ४ दिदी थिए । रमेश ती भाग्यशाली छोरा हुन् जो ४–४ ओटी छोरी हुँदा पनि बुद्धिलाल र शुभलक्ष्मीले रमेशको प्रतिक्षा गरिरहेका थिए । रमेश जन्मिँदाको खुसी बुद्धिलाल र शुभलक्ष्मी बाहेक अरु कसले महसुस गर्न सक्थ्यो होला र ?त्यसपछि रमेशमुनी एउटा भाइ र वहिनी भए । दुर्भाग्य भाई दिनेशको भने केही वर्ष अघि निधन भइसकेको छ । रमेश कक्षा ४ सम्म गाउँकै भगवती थान स्कुलमा पढे । बुवा कम्पाउण्डर थिए । बुवाको बुटवल सरुवा भयो । उनीपनि बुवासँगै बुटवल झरे । कक्षा ८ सम्म बुटवल हाइस्कुल पढे । एसएलसी भने उनले भैरहवा हाइस्कुलबाट वि.सं. २०२० सालमा गरे ।
आइएस्सी अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भए । त्यतिबेलाको विद्यार्थी राजनीतिको रापतापका कारण उनले पढाईलाई निरन्तरता दिन सकेनन् । उनी बुटवल फर्किए । राजनीतिको धुवाँमै उनको ८–१० वर्षको समय रुमलियो । भाइवहिनीले उच्च शिक्षा हासिल गरिसकेका थिए । उनी झल्यास्स भए । अब त पढ्नुपर्छ भन्ने लाग्यो । संयोग त्यतिबेलै हेल्थ असिस्टेन्ट कोर्षको पढाइ सुरु भएको थियो । वि.सं. २०३० सालको कुरा हो । उनी हेल्थ असिस्टेन्टमा भर्ना भए । पाँच सेमेष्टर हुन्थ्यो । उनी पाँच वटै सेमिष्टरमा प्रथम भए । पहिला डाक्टर पढ्न आइएस्सी गर्नै पथ्र्यो ।
तर, रमेशको भाग्य । त्यो बेला हेल्थ असिस्टेन्टको कोर्ष पूरा गरेकालाई रुसले डाक्टर पढ्न पाउने नीति ल्यायो । उनी डाक्टर पढ्न रुस गए । मस्को जनमैत्री विश्वविद्यालयबाट उनले एमबीबीएस पूरा गरे । हेल्थ असिस्टेन्टबाट डाक्टर हुने उनी नेपालका पहिलो व्यक्ति हुन् । वि.सं. २०४१ सालमा फर्किए । उनले वीर अस्पतालमा काम गर्न सुरु गरे । ६–७ महिनामा उनले आयोगबाट नाम निकाले । स्थायी भएपछि उनको पहिलो पोष्टिङ भयो जिल्ला अस्पताल सुर्खेत । आफंैले राजेको ठाउँ थियो सुर्खेत । उनले करिव साढे ६ वर्ष त्यहाँ विताए, कायममुकाम प्रमुख भएर । त्यसपछि उनले वि.सं. २०४७ सालमा इएन्टी अध्ययनका लागि स्कलरसीपमा नाम निकाले ।
काठमाडौं आइओएमका गोल्डमेडलिष्ट हुन् । इएन्टीमा विशेषज