नेपाल फार्मेसी परिषदमा गौतम र कँडेल नियुक्त

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०८१, शुक्रबार

नेपालगन्जः नेपाल फार्मेसी परिषदमा दुई सदस्य नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले परिषद्को सदस्यमा डा सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रवक्ता गुरुङका अनुसार बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा खरिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

यसैगरी कृषि मन्त्रीको मेक्सिको र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको फिलिपिन्स भ्रमण स्वीकृत भएको छ।

  • ९ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech