उपराष्ट्रपति यादव अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०८१, बुधबार

काठमाडौं: उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना हुनुभएको हो । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित छन् ।

उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech