नेपालगन्जः बाँकेको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालकी स्टाफ नर्स हुन् सपना विष्ट । बिरामीहरुले नर्सको रुखो व्यवहारबारे गुनासो गर्ने गरेको बेलाबखत उनी आफैपनि सुन्दै आएकी छिन् । ‘बिरामी पक्षको तहबाट त्यस्ता गुनासा आउनु अस्वभाविक होइन उनी भन्छिन्–‘तर नर्सहरुको परिस्थिति र बाध्यता बुझिदिनु पर्छ ।’ त्यस्तै आश्य छ भेरी अस्पताल नेपालगञ्जमा कार्यरत अस्पताल नर्सिङ निरीक्षक मेलिना श्रेष्ठको पनि । बिरामीको चापको आधारमा सीमित जनशक्ति छ ।
‘धेरै बिरामीसँग फेस गर्नुपर्ने भएकाले पनि कहिलेकाँही यस्तो समस्या आउन सक्छ’ उनी थप्छिन् । नर्सहरु भनेको समयमा न बिदा पाउँछन् न त समयमा खाना खान पाउँछन् । चौविसै घण्टा अस्पतालमा खट्नुपर्ने पर्ने उनीहरुको बाध्यता छ । ‘कति नमिठो नर्सको बोली,’ ‘साह्रै छुची नर्स’ आदि इत्यादि नेपाली नर्सहरूले दिनहुँ जस्तो पाइरहने उपमा हुन् । तर उनीहरुले पाइरहेको उपमाका पछाडिका कारणहरु पनि छन् । नर्सिङ पढ्दा तुलनात्मक रुपमा खर्च पनि बढी लाग्छ ।
शीला शर्मा
अध्यक्ष
नर्सिङ संघ बाँके
नर्सहरु रात–दिन नभनी खट्छन् । उनीहरूलाई चाडपर्व पनि आउँदैन । घरको कोही सदस्य बिरामी परे पनि समय दिन मुश्किल पर्छ । सरकारी अस्पतालमा नर्सहरु कम छन् बिरामी धेरै हेर्नुपर्छ । निजी अस्पतालमा नर्सहरुलाई तलव नै कम छ ।
मिहिनेत गरेर पास भएर कामका लागि जव उनीहरु अस्पतालमा पुग्छन् तव मन खिन्न हुने गरेको अनुभव छ उनीहरुसँग । उनीहरुले पाउने तलबदेखि अन्य सेवासुविधा एकदमै कम छन् । यो बाँकेमा रहेका अस्पतालहरुमा कार्यरतहरुको मात्रै समस्या होइन सबै ठाउँका नर्सिङहरुको साँझा समस्या हो । यति हुँदाहुँदै पनि उनीहरु बिरामीको सेवामा खटिरहेका छन्ँ । ‘कतिपय अवस्थामा हाम्रो गल्ती नभए पनि बिरामीदेखि कुरुवा र सिनियरसम्मको हप्कीदप्की सहनुपर्छ सपना भन्छिन्–‘हामी पनि मान्छे नै हौँ भनेर बिरामी तथा कुरुवाले बुझिदिनुपर्यो ।’
स्टाफ नर्सका समस्या समाधानमा खासै पहल भएको देखिदैन् । बिरामीको उपचारमा डाक्टरका साथै नर्सको पनि महत्वपूर्ण भूमिका हुन्छ । तर, उनीहरूको भूमिकाको उचित कदर नभएको नर्सिङ संघ बाँकेकी अध्यक्ष शीला शर्मा बताउँछिन् । ‘नर्सहरु रात–दिन नभनी खट्छन् । उनीहरूलाई चाडपर्व पनि आउँदैन । घरको कोही सदस्य बिरामी परे पनि समय दिन मुश्किल पर्छ उनी अगाडि थप्छिन्–‘सरकारी अस्पतालमा जनशक्ति थोरै बिरामी धेरै हेर्नुपर्छ । निजी अस्पतालमा नर्सहरुलाई तलव नै कम छ ।’
लक्ष्मी केसी ओली
पूर्व अध्यक्ष
नर्सिङ संघ बाँके
कुनै बेला नर्स पढ्नका लागि नामै निकाल्न मुश्किल पर्थ्यो। तर अहिले मागेको जति कोटा पनि पूरा हुन मुश्किल छ । ‘न राम्रो तलवभत्ता छ न त राज्यले हेर्ने दृष्टिकोण राम्रो छ । यही अवस्था रहे नेपालमा नर्सहरुको अभाव चर्किने निश्चित प्रायः छ ।
तर नर्सहरुले आफ्नो व्यवहारलाई बिरामीमैत्री बनाउन भने विर्सन नहुनेमा उनको जोड छ । बिरामीलाई बिरामीको रूपमा र कुरुवालाई कुरुवाकै रूपमा सेवा दिनुपर्छ । नर्सिङ अध्ययन तथा अध्यापनको क्रममा बिरामी तथा सेवाप्रदायकप्रति छुच्चो हुनुहुँदैन, दुव्र्यवहार गर्नुहुँदैन भनेर सिकाइएको, पढाइएको हुन्छ । बिरामी मान्छे त बिरामी नै हुन्छ । त्यसैगरी बिरामीको मान्छे पनि केही किसिमले पीडामा हुने हुँदा एउटा नर्सले सेवाप्रदायकप्रति सालीन हुनुपर्ने उनी बताउँछिन् ।
नर्सहरूको सधैँ एउटै खालको ड्युटी हुँदैन । अफआवरको पनि ड्युटी हुन्छ । नाइट सिफ्ट हुन्छ, रातिको समयमा कसरी अस्पताल र अस्पतालबाट घर जाने भन्ने प्रेसर छुट्टै हुन्छ । हामीकहाँ सुरक्षाका कुरामा पनि समस्या छ । नर्सको व्यवहार कस्तो हुने भन्ने कुरा काम गर्ने क्षेत्रको आन्तरिक व्यवस्थापनले पनि महत्व भूमिका खेल्छ । एउटा नर्समाथि घरपरिवारदेखि अस्पतालसम्मको जिम्मेवारी हुन्छ । नर्सिङ पेसामा जाने महिलालाई घरपरिवारले धेरै साथ दिनुपर्छ ।
त्यसैगरी नर्समा चिडचिडापन नआओस्, बिरामीलाई शालीन र भद्र व्यवहार गरोस् भन्नका लागि आन्तरिक व्यवस्थापनको पनि महत्वपूर्ण भूमिका हुन्छ । काम गर्न नयाँ नर्स तथा जुनियर आइसकेपछि साथ, सहयोग भरपुर मात्रामा दिनुपर्छ । नर्सहरूलाई नियमित रूपमा तालिम तथा उच्च शिक्षाका लागि अभिप्रेरित गर्नुपर्ने आवश्यकता औल्याउँछिन् नर्सिङ संघ बाँकेकी पूर्व अध्यक्ष लक्ष्मी केसी ओली । ‘सरकारी अस्पतालको दाँजोमा निजीमा नर्सहरू कम तलबमा काम गर्न बाध्य छन् ।
जसलाई सरकारले सम्बोधन गरेर नर्सलाई कसरी सेवा, सुविधा थप्ने र सुरक्षाका लागि कस्तो व्यवस्था गर्न सकिन्छ । त्यसतर्फ पनि ध्यान दिँदा नर्सहरूमा आउने निराशा र त्यसले निम्त्याउने व्यवहार परिवर्तनमा कमी आउन सक्छ,’ पूर्व अध्यक्ष ओलीको भनाइ छ । खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेकी नर्सिङ अधिकृत ओलीले २८ वर्षको नर्सिङ पेसामा राज्यले नर्सहरुलाई चिन्नै नसकेको अनुभूति पाएको सुनाउँछिन् ।
अहिले तीन तहको सरकार छ । तीनै तहको सरकारले नर्सहरुप्रति गर्ने व्यवहार चित्त बुझाउने खालको नभएको उनी बताउँछिन् । नर्सिङ संघका अध्यक्ष शर्माको गुनासो पनि उस्तै छ । पालिका स्वास्थ्य शाखामा पाँचौं–छैठौं तहका नर्सिङ स्टाफ मात्र छन् । त्यो भन्दा माथिल्लो तहका छैनन् । नेतृत्व र निर्णायक तहमा नर्सिङ स्टाफ पुग्ने अवस्था नै छैन् ।
यो समस्यालाई नीतिगत तहबाटै समाधान गरिनुपर्नेमा उनको जोड छ । नर्सिङ पेसामा आवद्धता भएकाहरुलाई राज्यले नै विभेद गरेको अनुभूति उनीहरुसँग छ । यही कारण पछिल्लो समय नर्सहरु विदेश पलायन भइरहेको पूर्व अध्यक्ष ओलीको बुझाइ छ । कुनै बेला नर्स पढ्नका लागि नामै निकाल्न मुश्किल पर्थ्यो । तर अहिले मागेको जति कोटा पनि पूरा हुन मुश्किल छ । ‘न राम्रो तलवभत्ता छ न त राज्यले हेर्ने दृष्टिकोण राम्रो छ पूर्वअध्यक्ष वली भन्छिन्–‘यही अवस्था रहिरह्यो भने नेपालमा नर्सहरुको अभाव चर्किने निश्चित प्रायः छ ।’