२२० जनाको निःशुल्क आँखा जाँच, ४७ जनालाई मोतियाबिन्दु

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०८१, शनिबार

नेपालगन्जः बाँकेको डुडुवा गाँउपालिका ६ मा दुई सय २० जनाको निःशुल्क आँखा जाँच भएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र एक सय ३० जना महिला गरी जम्मा दुई सय २० जनाको आँखा जाँच गरिएको हो ।

हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने शिविरमा ४७ जनालाई मोतियाबिन्दुको समस्या देखिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी गराए ।

शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतियाबिन्दुको समस्या देखिएको छ । डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा १४ गते सम्म शिविर चल्नेछ ।

आँखाको समस्या भएकालाई सम्बन्धित औषधि शिविरमै पाउने र चस्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले जानकारी गराए ।

आँखाको अप्रेशन गर्नुपर्ने बिरामीलाई भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने छ ।

कात्तिक ४ गते अस्थाई स्वास्थ्य केन्द्र दलैपुर र कात्तिक ५ गते डुडुवा ५ कम्दी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने तयारी छ ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech