ताजा रगतको अभाव हुँदा डेंगु संक्रमितलाई समस्या

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०८१, शुक्रबार

नेपालगन्जः डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी,पहिरो, डेंगु र चाडवाडका कारण देशभर नै रगतको कमी हुन शुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए ।

उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए। उनले प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दशैँ,तिहार जस्ता चाडपर्वले मानिसहरु घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको  बताउँदै रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको उल्लेख गरे ।

उनले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । उनका अनुसार एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको छ ।

अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको छ । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत संकलन गर्नुपर्ने बताउँदै नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।

उनले भने, ‘अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट (पिआरपी) र प्लेटलेट कन्सर्टेटको माग अत्याधिक रुपमा बढेको छ ।’

यो बढ्नुको पछाडि मुख्य कारण हो, जुन अहिले डेंगुको संक्रमण जुन बढीरहेको त्यसले प्लेटलेटको माग बढेको छ । प्लेटलेट बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरु पर्याप्त मात्रामा रहेको उनले बताए ।

नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो माग भएको कारणले गर्दा पिआरपीको लागि स्ट्रगल गरिरहेको पनि उनले बताए ।

‘कसरी पु¥याउने र यसको व्यवस्थापनको लागि प्रत्येक दिन ब्लड कलेक्शन हुनुपर्छ । पिआरपी बनाउनको लागि हामीलाई फ्रेस ब्लड चाहिन्छ उनले भने -‘रगत कलेक्शन भएको ६ देखि ८ घण्टाभित्र हामलिे पिआरपी छुट्याउनुपर्छ ।’

स्टक ब्लडबाट यो बनाउन नमिल्ने उनको भनाइ छ । दशैँदेखि तिहारसम्म डोनेशन संख्या घट्छ । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी प्रोडक्ट माग हुन्छ । अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकिएको उनले बताए ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech