बाँकेमा आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०८१, शुक्रबार

नेपालगन्जः बाँकेमा आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ । जिल्लामा भिटामिन ‘ए’ खाने छ देखि ५९ महिना उमेरसम्मका ४६ हजार ४८० जना बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन् । यस्तै ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधी पनि खुवाइने भएको छ ।

एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताए । बाँकेका जिल्लाका ८ वटा पालिकामध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार १५ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैछ भने १० हजार ६२१ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।

सबैभन्दा कम जानकी गाउँपालिकाका ४ हजार १३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र ३ हजार ५४८ बालबालिकालाई जुकाको औषधि खुवाइदैछ । भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ७ सय ८५ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।

जसमध्य नेपालगन्ज उपमहानगरपालिकामा १९६, कोहलपुर नगरपालिका ७१, राप्ती सोनारी गाउँपालिकामा ११०, खजुरा गाउँपालिकामा १०८, जानकी गाउँपालिकामा ८१, नरैनापुर गाउँपालिकामा ६८, डुडुवा गाउँपालिकामा ५९ र बैजनाथ गाउँपालिकामा ९२ जना स्वयम्सेविका परिचालन गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech