अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै केएमसी अस्पतालमा इन्टर्न डाक्टरहरु आन्दोलित

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८१, बिहीबार

काठमाडौंः एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरु आन्दोलित भएका छन् ।

इन्टर्न गरिरहेका डाक्टर हृदयराज संग्रौलाका अनुसार, चिकित्सा शिक्षा आयोगले अतिरिक्त शूल्कमा ट्यूसन र होस्टल फिबाहेकको शूल्क लिन नपाउने भनेर २०७६ मंसिर ११ गते नै भनेको भएपनि त्यसलाई कार्यान्वयन नगरेकाले आफूहरुले विरोध गर्नु परेको बताए ।

उनका अनुसार, सन् २०१८ को अक्टुबरमा भर्ना भएको ब्याचले २० भदौ २०८१ र ६ असोज २०८१ मा विनेदन दिँदा पनि अस्पतालले कुनै सुनुवाइ गरेन । त्यसैले सरकारी नियम अनुसार यथाशीघ्र शुल्क समायोजन गर्न माग राखेर अस्पताल परिसरमा प्रदर्शन गरेको उनले बताए ।

अस्पताल प्रशासनले यथाशिघ्र इन्टर्न डाक्टरहरुसँग लिखित सहमित नगरे कानूनी प्रक्रियामा समेत थाले र थप आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech