तलवभत्ता नपाए सेवा वन्द गर्ने चिकित्सकहरुको चेतावनी

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८१, बुधबार

लहानः लहान र जलेश्वरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले तीन महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन्। दुवै अस्पतालमा कार्यरत चिकित्सकले साउन महिनादेखि हालसम्मको तलबभत्ता नपाएको बताएका छन्।

उनीहरुले अस्पताल प्रशासनलाई पत्र लेख्दै त्यसले व्यवसायिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर परेको उल्लेख गरेका छन्। उनीहरुले अविलम्ब ध्यानाकर्षण नभए सेवा ठप्प पार्ने बताएका छन्।

‘हामीहरुले कार्तिक ३ गतेदेखि ओपीडी, आपतकालिकन सेवा, एसएनसीयु र प्रसूति विभागहरु अन्य सेवा बन्द गर्न गइरहेको व्यहोरा अनुरोध गर्दछौ । साथै हाम्रो तलब भत्ता आजको मिति देखि ७ दिन भित्र प्राप्त नभएमा हामीहरुले कडा कदम चाल्न बाध्य हुने व्यहोरा यसै पत्रमार्फत औपचारकि रुपमा जानकारी गराउन चाहन्छौं’-उनीहरुले भनेका छन्।

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech