खजुरा रेडक्रस : सर्कलमा पत्रकार दाहाल निर्वाचित

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८१, बुधबार

नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा पत्रकार खगेन्द्र दाहाललाई चयन गरिएको छ ।

रेडक्रसको बागेश्वरी उप शाखा खजुरा अन्तर्गत बुधबार आयोजित २१ औं स्थापना दिवसका अवसरमा गठित युवा सर्कलको नेतृत्वमा पत्रकार दाहाललाई निर्वाचित गरिएको हो ।

गठित युवा सर्कलको उपाध्यक्षमा लिला गिरी, सचिवमा गम बहादुर डांगर, उप सचिवमा प्रकाश शाह, कोषाध्यक्षमा तुला खत्री, उप कोषाध्यक्षमा सिता वि.क चयन भएका छन् ।

यस्तै सदस्यहरुमा गौरव सापकोटा, लिला भट्टराई, यम बहादुर विष्ट, सुस्मिता क्षत्री सर्वसम्मत निर्वाचित भएका छन् । एक जना कार्यसमिति सदस्य र सल्लाहकारलाई पछि मनोयन गरिने नव निर्वाचित अध्यक्ष दाहालले जानकारी दिए ।

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech