यी हुन् कागतीका फाइदा

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०८१, सोमबार

भिटामिन सी पर्याप्त मात्रामा पाइने कागतीलाई आन्तरिक एवं बाह्य स्वास्थ्यको रक्षाका लागि प्रयोग गर्न सकिन्छ । कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोग निर्मूल गर्ने शक्ति हुन्छ। कागतीमा औषधीय गुण पाइने भएकाले यसको नियमित सेवन मानव स्वास्थ्यका लागि निकै हितकर हुन्छ ।

मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ ।

यी हुन् कागतीका फाइदा

पाचन प्रक्रिया

प्रायजसो मानिसलाई पाचन प्रक्रिया सम्बन्धि समस्या हुन्छ । कागतीलाई मनतातो पानीमा मिसाएर पिउँदा पाचन सम्बन्धि समस्याको समाधान हुन्छ । हेरक दिन बिहान खालीपेटमा कागतीपानीको सेवन गर्नुपर्छ । यसले शरीरको सबै हानिकारक (टक्सिन) तत्वलाई बाहिर निकाल्छ ।

सरीर सफाइ गर्छ र रोग प्रतिरोधी क्षमता बढाउन

हरेक बिहान मनतातो पानीमा कागतीको रस मिलाएर खानुस् । कागती पानीको यस्तो सेवन सरीर सफाइ गर्ने सबैभन्दा उत्तम विधि हो । यसले मुत्रप्रणालीलाई सन्तुलित गर्ने र सरीरमा रहेका विषाक्त पदार्थलाई पिसाबमार्फत बाहिर फ्याँक्न सहयोग पूराउँछ । कागतीले सरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

छाला स्वास्थ्यका लागि उपयोगी

यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन समग्र रुप सुन्दर बनाउने काम गर्छ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ ।

क्यान्सर लग्नबाट बचाउँछ

पर्याप्त भिटामिन सी र एन्डिअक्सिडियन्टयुक्त कागतीको सेवनले शरीरमा भएका अनाआवश्यक तत्वलाई नष्ट गर्छ र क्यानसर हुने खतराबाट बचाउँछ ।

तौल घटाउँछ

शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रणमा राख्छ । रगत र कलेजोको कोलोस्टोललाई घटाउछ ।

कब्जियत,मधुमेह नियन्त्रणमा सहयोगी मानिन्छ ।

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech