सवारी दुर्घटनामा कौसिल्या अस्पतालमा कार्यरत असिस्टेन्ट फर्मासिस्ट मनिषाको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०८१, शुक्रबार

कोहलपुर: बाँकेको कोहलपुरमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जना असिस्टेन्ट फर्मासिस्टको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका-१० हाईस्कुल नजिकै रहेको कौसिल्या अस्पताल प्रालिमा कार्यरत असिस्टेन्ट फर्मासिस्ट मनिषा रोकायको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् २१ वर्षीय तेज बिक्रम मल्लको पनि लखनउमै उपचार भैरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

काठमाडौंबाट बर्दिया जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प ६१४० नम्बरको मोटरसाइकललाई बालबिधा चोक नजिकै बुधबार बिहान ९:३० बजे तिर ठक्कर दिएको थियो। चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बाटो क्रस गर्ने क्रममा बसले मोटरसाइकललाई ठक्कर दिदा घटना भएको प्रहरीले जनाएको छ ।

 

 

  • २५ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech