डा.धवल शमशेर राणाको गिजाको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया, चिकित्सकीय निगरानीमा उपचार चल्दै

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०८१, बिहीबार

नेपालगन्ज: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामहन्त्री धवल शमशेर राणाको गिजाको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

राणाको भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा मंगलबार सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका महामहन्त्री राणाको अहिले चिकित्सकीय निगरानीमा उपचार भैरहेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए।

राणाको डा सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया गरेको र अहिले अवस्था सामान्य रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रवक्ता लावतीले जानकारी दिए। `शल्यक्रियापछि अवस्था सुधारोन्मुख रहेको छ लावतीले भने-`केही दिन चिकित्सकीय निगरानीमा बस्नु पर्नेछ ।  अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ नेपाल आउनु हुनेछ ।´

 

  • २४ आश्विन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech