स्वास्थ्य पेज पाँचौं वर्षमाः व्यवसायिक पत्रकारितामा दृढ…

हामी सकारात्मकतामा विश्वास गर्छौं । समस्यै समस्याको कालो बादलले ढाकिरहेको विद्यमान नेपाली समाजमा पनि आशाको ‘चाँदीको घेरा’ देखाउनु हाम्रो अभियान हो । हामी अभाव, बेथिति, बिसंगति, नैराश्यमात्र बेच्दैनौं । समस्याको चुरो कारण, त्यसका विविध आयाम, सम्भावित समाधान समेत खोतल्ने प्रयास गर्छौं । 


    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८१, मंगलवार

प्रकाशकको तर्फबाट…

स्वास्थ्य पेज विशुद्ध स्वास्थ्यका क्षेत्रमा समाचार प्रकाशन गर्ने ‘न्यूज पोर्टल’हो । २०७७ साल असोज २२ गते स्थापित दिर्घायु हाउस प्रा.लि. अन्तर्गत स्वस्थ्य पेज डटकम www.swasthyapage.com ४ बर्षदेखि सञ्चालनमा छ । मोफसलमा ‘बिट पत्रकारिता’को अभ्यास हुन नसकिरहेको अवस्थामा यो यसक्षेत्रकै लागि स्वास्थ्यतर्फ पहिलो र व्यवसायिक बिट पत्रकारिताको अभ्यास हो ।

पत्रकारिताको आदर्श, मूल्य, मान्यता र उद्देश्यलाई शिरोधार्य गर्दै व्यवसायिक पत्रकारितालाई अगाडि बढाउने मूलमर्ममा स्वास्थ्य पेज दृढ छ । र, व्यवसायिक पत्रकारिता हाम्रो पहिचान हो ।  स्वास्थ्य पेजले मुख्यतया स्वास्थ्य सम्बन्धि समाचार, चिकित्सक र स्वास्थ्यकर्मीका सरोकारका विषय, औषधि, प्रयोगशाला, चिकित्सा विज्ञान सम्बन्धि कन्टेन्ट पस्किँदै आएको छ  ।

स्थापनाको चौथो वर्ष पूरा भई पाँचौं वर्ष प्रवेश गरेको यो अवसरमा ‘स्वास्थ्य पेज विशेषांक’ प्रकाशित गरिएको छ । स्वास्थ्य पेजमार्फत नियमितरुपमा समाचार र विश्लेषण प्रकाशित भइरहेकोमा यस कालखण्डका स्वास्थ्य सम्बन्धि विविध आयाम, उपलब्धि र ‘टर्निङ प्वाइन्ट’ का रुपमा दरिएका विचारहरूलाई अभिलेखीकरण गर्नु यस विशेषांकको मुख्य उद्देश्य हो ।

हामी सकारात्मकतामा विश्वास गर्छौं । समस्यै समस्याको कालो बादलले ढाकिरहेको विद्यमान नेपाली समाजमा पनि आशाको ‘चाँदीको घेरा’ देखाउनु हाम्रो अभियान हो । हामी अभाव, बेथिति, बिसंगति, नैराश्यमात्र बेच्दैनौं । समस्याको चुरो कारण, त्यसका विविध आयाम, सम्भावित समाधान समेत खोतल्ने प्रयास गर्छौं ।

स्वास्थ्य शिक्षा, स्वास्थ्य सम्बन्धि चेतना, सम्बन्धित निकायहरूलाई खबरदारी गर्ने प्रमुख ध्येय राख्दै स्वास्थ्य पेज डटकममार्फत हामी स्वास्थ्य पत्रकारितामा जुर्मुराइरहेका छौं । यो अवधिमा हामी कति सफल भयौंं रु त्यो त भविष्यले बताउने नै छ । यद्यपि स्वास्थ्य सरोकारसँग सम्बन्धित सवै निकायहरू, चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल, स्वास्थ्य केन्द्रहरू र आमनागरिकबाट यथेष्ट सहयोग र सद्भाव प्राप्त भइरहेको छ । त्यसैको उपलब्धि मध्येको एक हो ‘स्वास्थ्य पेज विशेषांक’ पनि ।

नागरिक स्वस्थ नभएसम्म राष्ट्र स्वस्थ हुनै सक्दैन भन्ने अवधारणा अनुरुप हामी स्वस्थ राष्ट्र निर्माणमा थोरै भएपनि हात बढाउने प्रयत्न गरिरहेका छौँ । त्यसैको एउटा माध्यम हो, स्वास्थ्य पेज डटकम । स्वास्थ्य पेज डटकम चार वर्षको भयो । अझै तातेतातेकै अवस्थामा छ । तर, यसको टिम सुदृढ र दक्ष छ । दुई दशक लामो व्यवसायिक पत्रकारितामा अब्बल टिमले स्वास्थ्य पेज डटकमलाई समाएको छ । जसले गर्दा ढुक्कका साथ उभिन सकेको छ । तर हिंडाउनका लागि तपाईहरु सबैको साथ, सहयोग र हौसला महत्वपूर्ण छ ।

अन्तमा, स्वास्थ्य पेज डटकम पाँचौैं वर्ष प्रवेशको यस अवसरमा म स्वास्थ्य पेजको सम्पूर्ण टिमको तर्फबाट यहाँहरू सबैप्रति मन, वचन र कर्मले हार्दिक शुभकामना व्यक्त गर्दछु । तपाईहरुको यस्तै साथ सहयोगको अपेक्षा समेत गर्दछु ।
धन्यवाद ।

प्रियास्मृति ढकाल
प्रकाशक /कार्यकारी सम्पादक

  • २२ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech