नेपालगन्जमा अस्वस्थकर मिठाई बेच्ने पसललाई ५५ हजार जरिवाना

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०८१, सोमबार

नेपालगन्ज: नेपालगन्जमा अस्वस्थकर मिठाई बेच्ने पसललाई ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले बजारका विभिन्न मिठाई पसलको अनुगमन गर्ने क्रममा अखाद्य मिठाई बेच्ने ५ वटा पसललाई जरिवाना गरेको हो ।

अमन स्वीट पसललाई २० हजार, खुसी मिठाई पसल, फेमस हलुवा परोठा र नेपालगन्ज मिष्ठान्न पसललाई १०–१० हजार तथा माँ बागेश्वरी मिठाई पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए । त्यसक्रमा १६ हजार ७ सय मूल्य बराबरको मिठाई पनि नष्ट गरिएको खत्रीले बताए ।

चाडबाडको बेला अखाद्य मिठाईको विक्री वितरण भइरहेको भन्ने जनगुनासो तथा नियमित अनुगमनका क्रममा सामान्य कैफियत देखिएका पसललाई सचेत समेत बनाइएको खत्रीको भनाइ छ ।

अनुगमन टोलीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोलीको सहभागिता थियो ।

  • २१ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech