डा.धवलशम्शेर राणाले भने -‘क्यान्सर कसरी भयो म छक्क परेको छु, मलाई अहिले कुनै समस्या छैन’

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०८१, शुक्रबार

नेपालगन्जः राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सरको सिम्टम देखिएको छ । बाँके क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका डा.राणाको गिजाको क्यान्सर सिम्टम देखिएपछि थप परीक्षण र उपचारका लागि भारतको मुम्बई लगिएको उनी निकट राप्रपा नेता ऋषि देवकोटाले स्वास्थ्य पेजलाई बताए । डा.राणालाई एक हप्ता अघि काठमाडौंमा गरिएको परीक्षणमा चिकित्सकहरुले गिजाको क्यान्सर देखिएको भनेका थिए ।

देवकोटाले चिकित्सकहरुलाई उध्रृत गर्दै स्वास्थ्य पेजलाई भनेका छन् -‘डा.राणालाई पहिलो स्टेजको क्यान्सर देखिएको छ ।’ एक साता अगाडि भारतको मुम्बई पुगेका डा.राणाको सम्पूर्ण स्वास्थ्य परीक्षणहरु भइसकेको र आज राति रिपोर्ट आउने जानकारी देवकोटाले दिए । देवकोटासँगको कुराकानीमा डा.राणाले आफुलाई क्यान्सरको कुनै फिल नै छैन भनेर भनेको छन् । ‘डाक्टरसावसँग दिउँसो मात्रै कुराकानी भएको छ देवकोटाले भने -‘उहाँमा पुराका पुरा आत्मविश्वास छ । चिन्ता लिनु पर्दैन भन्नुभएको छ ।’  देवकोटाले भने -‘उहाँले आफूलाई अहिले कुनै समस्या नरहेको र क्यान्सर कसरी भयो भनेर छक्क परेको बताउनुभयो ।’ आज रिपोर्ट आएपछि उपचारको विषयमा टुंगो लाग्छ ।’

डा. राणाको गिजामा ३–४ वर्ष अगाडिदेखि समस्या थियो । नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो भनेका थिए। चिकित्सकले पहिलो स्टेजको क्यान्सर भएको बताएपछि उनी थप परीक्षण र उपचारका लागि भारत गएका हुन् । देवकोटाका अनुसार राणाको कुनै पनि कुलत र अम्मल छैन । उनले चुरोट र खैनी कहिल्यै सेवन गरेका छैनन् । ६२ वर्षको उमेरमा पनि राणा निकै फुर्तिला छन् । उनी नियमित जिम गर्ने गर्छन् । पहिलो चरणको क्यान्सर भएकाले उपचारपछि स्वस्थ हुनेमा राणा विश्वस्त रहेको देवकोटाले जानकारी दिए ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech