नेपाल चिकित्सक संघको चौथो समिट मंसिर २८ र २९ गतेका लागि तय

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०८१, बुधबार

काठमाडौं: नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय हेल्थ समिट यही मंसिर २८ र २९ गते हुने भएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी दुई दिने समिट कार्की व्यांकेटमा हुने संघका महासचिव सन्जिव तिवारीले बताए । हेल्थ वियोन्ड हेन्थ भन्ने मुख्य सन्देश दिन सम्मेलन आयोजना गरिएको हो ।

डा तिवारीका अनुसार सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको छ। उक्त कार्यक्रम विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहससहित आयोजना हुन गईरहेको उनले जानकारी दिए।

उक्त सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि उनले जानकारी दिए। संघले गर्न लागेको कार्यक्रम नियमित वार्षिक कार्यक्रम रहेको र यो हरेक वर्ष हुने संघका अध्यक्ष डा.अनिल कार्कीले बताए ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech