लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०८१, सोमबार

नेपालगन्ज: लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेरभित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डाेजका र दुई हजार तीन सय ४३ खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजी गरेर पूर्ण खाेप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्ण खाेप पाएकाे सुनिश्चित गरिएपछि पूर्ण खाेप सुनिश्चित प्रदेश घाेषणा गरिएको हाे । घाेषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख/उपप्रमुखहरुकाे सहभागिता थियाे ।

बालबालिकाहरुमा विभिन्न सरुवा राेगबिरुद्ध खाेप लगाइँदै आएकाे छ । क्षयरोग, भ्यागुते राेग, लहरेखाेकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमाेफिलस इन्फ्लुएञ्जा बी, पाेलियाे, दादुरा, रुबेला, निमाेनिया, मेनिन्जाइटिस, जापानी इन्सेफलाइटिस, टाइफाइड, राेटा भाइरसबाट हुने झाडापखाला बिरुद्ध खाेप उपलब्ध गराउँदै आइएकाे हाे । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाकाे भागेश्वर गाउँविकास समितिबाट पूर्ण खाेप घाेषणा गरी सुरु गरिएको थियाे ।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech