नेपालगन्जः प्रादेशिक अस्पताल सुर्खेतबाट एक महिनामा क्यान्सरका १०३ जना बिरामीले सेवा लिएका छन् । कर्णाली प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार भएपछि १०३ जना बिरामीले सेवा लिएका हुन। सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी गत भदौमा समझदारी भएको भएको थियो।
समझदारी भएको १ महिना नबित्दै १०३ जना बिरामीले क्यान्सर सम्बन्धी सेवा पाएका छन्।जसमध्ये ओपिडी सेवा दिइएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका निर्देशक डा शिवजी पौडेलले जानकारी दिए।
जसमा क्यान्सर स्क्रिीनिङ र फ्लोअप सेवा दिइएको डा पौडेलले बताए। उनका अनुसार विगत दश वर्ष भन्दा बढी समयदेखि क्यान्सर उपचार गराइरहेका बिरामीसमेत बिस्तारित सेवा लिन प्रदेश अस्पताल सुर्खेत आएका छन्। डा उमेश नेपालको नेतृत्वमा चिचित्सकहरुले उक्त सेवा प्रदान गरेका हुन्।
स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए। यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन्।