बाल अस्पताललाई डा उपाध्यायको ९ करोड सहयोग

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०८१, मंगलवार

काठमाडौं: काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)लाई डा शशि भुषण उपाध्यायले वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताललाई डा शशि भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन्।

डा उपाध्यायले किओचको काठमाडौंमा बन्दै गरेको अस्पताल भवनको उत्तरी ब्लक निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन्। भवन निर्माणका लागि लाग्ने ९ करोड रुपैयाँ डा उपाध्यायले उपलब्ध गराउने गरी सोमबार दुई पक्षबीच सम्भझौता भएको छ।

डा उपाध्याय किओचका अध्यक्ष प्राडा कोइरालाबीच सोमबार सम्झौता भएको हो। सम्झौता गरे लगत्तै डा उपाध्यायले सहयोग रकमको पहिलो किस्ता बापत दुई करोड ७० लाख रुपैयाँको चेक डा कोइरालालाई हस्तान्तरण गरेका छन्।

डा उपाध्यायले नेपालका बालबालिकाको उपचारका क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन्। डा कोइरालाले उक्त सहयोगले अस्पताल निर्माणको कार्यलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। सहयोगका गर्ने बातावरण मिलाउन सहजीकरण गरेका नरेशचन्द्र लामिछानेले यस प्रक्रियामा सहयोगी भूमिका खेल्न सकेकोमा खुशी व्यक्त गरे।

  • ८ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech