लाइभ सर्जरी गरेर भेरीको ‘शल्यक्रिया कक्ष’को उद्घाटन

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०८१, शनिबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले आजदेखि नयाँ भवनबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । शल्यक्रिया कक्षको बरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गरे ।

आर्थोस्कोपी कार्यशालामा सहभागि हुन नेपालगन्ज आएको अवसरमा डा.जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको अस्पतालका मेसु डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय युवकको शल्यक्रिया गरेर प्रा.डा.जोशीले भेरीको नयाँ भवनको शल्यक्रिया कक्षको उद्घाटन गरेका हुन् ।

शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा.डा. जोशीले कार्यशालाका सहभागि आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए ।

त्यसक्रममा सर्जनहरुले विभिन्न जिज्ञासाहरु राख्ने गरेका थिए भने प्रा.डा.जोशीले जवाफ दिने गरेका थिए । करिव एक घण्टा लगाएर शल्यक्रिया गरिएको थियो ।

लिगामेन्टको शल्यक्रिया भेरीमा यसअघि पनि भइरहेका थिए । अव विस्तारै शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको मेसु डा.थापाले बताए ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech