नेपालगन्ज स्किन सेन्टरमा भोलि विशेषज्ञ चिकित्सक सहितको निःशुल्क शिविर

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०८१, शुक्रबार

नेपालगन्जः नेपालगन्जमा भोलि शनिवार क्यान्सर स्क्रिनिङ तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगन्ज स्किन सेन्टरले नेपाल क्यान्सर रिलिफ सोसाइटी बाँकेको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर र क्यान्सर स्क्रिनिङ क्याम्प आयोजना गरेको छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. अभिषेक अर्जेलले बताए ।

नेपालगन्जको पासाङलामु रोडमा रहेको नेपालगन्ज स्किन सेन्टरमा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म शिविर चल्नेछ । शिविरमा छालारोग विशेषज्ञबाट छाला सम्वन्धी निःशुल्क परामर्श, निःशुल्क क्यान्सर स्क्रिनिङ र सचेतनासँगै शिविरको अवसरमा सबै प्रयोगशालामा ५०% छुट उपलब्ध हुनेपनि डा.अर्जेलले बताए ।

शिविरमा छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. अभिषेक अर्जेल सहित फिजिसियन र इन्डोक्राइनोलोजिस्ट डा. अल्ताबान राही, ईएनटी सर्जन डा. अंशु शर्मा, जनरल सर्जन डा. बिमर्श अधिकारी, दन्त विशेषज्ञ डा. द्वारिका बजगाईं, स्त्रीरोग विशेषज्ञ डा. पुनम आचार्य लगायतले शिविरमा स्वास्थ्य चेकजाँच गर्नेछन् ।

  • ४ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech