मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

    • स्वास्थ्य पेज

  • २ आश्विन २०८१, बुधबार

नेपालगन्जः जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रसाईंले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो।

त्यसपछि ब्यूरोले उनलाई पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिए।

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको हो। प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech