स्वास्थ्य मन्त्रालयविरुद्ध एक वर्षमा भ्रष्टाचारका ६०२ वटा उजुरी

    • स्वास्थ्य पेज

  • २ आश्विन २०८१, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०र८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १३४ उजुरीसमेत गरी स्वास्थ्य मन्त्रालयविरुद्ध सङ्ख्या ७३६ छन् ।

यो उजुरी गत वर्ष अख्तियार आयोगमा परेको उजुरीमध्ये ५.८३ प्रतिशत हो ।

आयोगमा संघीय मन्त्रालयविरुद्ध १२ हजार ६२३ वटा उजुरी रहेका छन् । सोमध्ये ३ हजार १३१ उजुरी अघिल्लो वर्षका उजुरी सरिएको र ९ हजार ३९२ उजुरी गत वर्ष परेका थिए ।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech