बर्दियामा ४७ जनाले रक्तदान गरे

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०८१, आईतवार

गुलरियाः यूनिक नेपाल केन्द्रिय कार्यालय जोतपुर बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति बर्दियाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । बर्दियाको राजापुर नगरपालिका वार्ड नं.–२ जोतपुर नयाँगाउँ स्थित यूनिक नेपाल केन्द्रिय कार्यालयको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा यूनिक नेपालका केन्द्रिय अध्यक्ष प्रेमबहादुर थारुको अध्यक्षता तथा राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुको प्रमुख आतिथ्यतामा रक्तदान गरिएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका जिल्ला अध्यक्ष प्रेम प्रसाद लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति अध्यक्ष लोकराज ढुंगाना, राजापुर नगरपालिका वार्ड नं.–५का वडाध्यक्ष रमेश दहित, बाँके जिल्लाका वरिष्ठ रक्तदाता पवन जायसवालले स्वयंसेवी रक्तदाताहरुलाई रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको सुभारम्भ गरेका थिए ।

त्यसक्रममा नगर प्रमुख दिपेश थारुले जीवन जोगाउने महाअभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने–‘ सिकलसेल एनिमिया, दुर्घटनामा परेका व्यक्ति र सुत्केरी महिलाहरुलाई आपतकालिन अवस्थामा सहजता होस् भनेर रक्तदानको आयोगजना गरिएको हो ।’ उनले यस्तो शिविरमा आफुले अहिलेसम्म ३ पटक रगत दिएको बताए । कार्यक्रममा शतक रक्तदाता पवन जायसवाललाई खादा लगाएर सम्मान गरिएको थियो ।

रक्तदान कार्यक्रममा राजापुर नगरपालिका वार्ड नं.–८ वडा कार्यालय, साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, ज्योति बिकास बैंक लिमिटेड, कर्णाली बिकास बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्युरेन्स लिमिटेडले आर्थिक सहयोग गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा राजापुर रक्त संकलन तथा भण्डारण केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech