उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिन्छः मुख्यमन्त्री आचार्य

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०८१, शनिबार

बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको सम्मान एवम् अ‍ौषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्नुको विकल्प नभएको समेत बताए ।

१२ सय शय्याको अस्पतालले पूर्णता पाएपछि यस क्षेत्रमा अ‍ौषधी व्यवसाय पनि फस्टाउने उनले बताए । मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा समेत राखे । औषधी व्यवसायको नाममा हुने लागु औषध कारोबारमा कडाइ गरिने पनि आचार्यले बताए ।

  • २९ भाद्र २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech