वृद्धावस्थासँगै पुरुषहरुमा बढ्दै जाने के हो बिनाइन प्रोस्टेटिक हाइपरप्लेजिया ?

    • डा.नवीन पौडेल

  • २९ भाद्र २०८१, शनिबार

के हो (बीपीएच)  बिनाइन प्रोस्टेटिक हाइपरप्लेजिया ?
बिनाइन प्रोस्टेटिक हाइपरप्लेजिया वा बिनाइन प्रोस्टेटिक हाइपरट्रोफी भनेको सबैजसो पुरुषहरुमा वृद्धावस्थासँगै हुने पुरुष ग्रन्थी बढ्ने समस्या हो । पुरुषहरुको उमेर बढ्दै जाँदा पुरुष ग्रन्थी बिस्तारै बढ्दै जान्छ । बढेको पुरुष ग्रन्थीले मुत्रनली च्याप्छ, पिसाबको प्रवाह रोक्छ र पिसाब गर्नमा समस्या सिर्जना गर्छ । मुत्रनली साँगुरो हुननाले पिसाबको प्रवाह मन्द हुन्छ र पिसाबको धारा सानो हुन्छ ।

जोखिममा कस्लाई ?
४० वर्ष वा माथिकालाई यसको जोखिम बढी हुन्छ। उमेर बढ्दै जाँदा बीपीएच हुने सम्भावना बढ्दै जान्छ। बीपीएच भएको परिवारका सदस्यहरू छन् भने पनि यसको जोखिम हुन्छ।
केहि स्वास्थ्य अवस्थाहरू छन् जस्तैः
-मोटोपना
-मुटु रोग
-न्यूरोजेनिक मूत्राशय,
-टाइप २ मधुमेह,
-प्रोस्टेट क्यान्सर वा मूत्राशयको क्यान्सर,
-प्रोस्टेटाइटिस
-पिसाब नली संक्रमण हुँदा पनि बीपीएच हुने जोखिम हुन्छ ।
लक्षणहरू
-बारम्बार वा तत्काल पिसाब लाग्नु ।
-रातमा धेरै पटक पिसाब लाग्नु, पिसाबको धारा, जुन रोकिनु वा सुरु हुनु, पिसाबमा संक्रमण हुनु।
-पिसाब गर्न नसक्नु, पिसाबमा रगत देखिनु ।
बीपीएचको उपचार
बीपीएचको उचपार निर्धारण गर्ने पक्षहरु लक्षणको गम्भीरता, लक्षणका कारण दैनिक जीवनमा परेको प्रभाव तथा सम्बन्धित स्वास्थ्य अवस्थाबाट निर्धारण हुन्छन् । बीपीएचको उपचारका लक्ष्य भनेको लक्षणहरु कम गर्ने, जीवनस्तर बढाउने, मुत्रथैलीमा पिसाब जम्न कम गर्ने र बीपीएचको जटिलता रोक्ने नै हो । बढ्दै गए चिकित्सकको रायका आधारमा औषधोपचार गर्ने र शल्यक्रिया नै गर्नुपर्ने अवस्था पनि हुन सक्छ ।

  • २९ भाद्र २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech