अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न जोड

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०८१, बिहीबार

नेपालगन्जः अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् अधिकारका लागि भएका नीतिगत व्यवस्था कार्यान्वयनका लागि सम्वद्ध सरोकारवालाहरु गम्भीर बन्नुपर्ने आज एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल परिवार नियोजन संघ बाँकेले नेपालगन्जमा आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका सवालमा भएको कार्यक्रममा बोल्ने सहभागिहरुले सो कुरा बताएका हुन् ।

उनले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्रवर्धन गराउन स्थानीय सरकारले भूमिका खेल्नु पर्ने वताए । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा अहिलेसम्म कसैको पनि प्राथमिकता नपरेको भन्दै त्यसतर्फ आफु गम्भीर भएको बताए । उनले परिवार नियोजन संघले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्न थालेको प्रति खुसी व्यक्त गरे । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

उनीहरुको प्रजनन् स्वास्थ्यको अधिकारलाई परिवार र समाजलाई नै सुसूचित गरिनुपर्ने बताए । परिवार नियोजन संघ बाँकेका अध्यक्ष बदरुजा खाँले अपांगता भएका व्यक्तिहरुको सशक्तिकरण र स्वास्थ्य अधिकारका क्षेत्रमा संघले विभिन्न कार्यक्रम गर्दै आएको बताए । संघका शाखा प्रवन्धक रश्मी श्रेष्ठले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।

उनले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न गएको वर्ष उनीहरुलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा प्रदान गरिएको बताइन् ।उनले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले विभिन्न १० ठाउँमा आयोजना गरिएका शिविरमा उनीहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा दिएका थिए । कार्यक्रममा अपांगताका क्षेत्रमा क्रियाशील डेक नेपालका कार्यक्रम म्यानेजर जिवन गिरीले अपांगता मैत्री सेवा र नीतिगत कार्यान्वयनका बिषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की सहित जनप्रतिनिधि, सम्वद्ध सरोकारवाला निकाय, संचारकर्मी लगायतका सहभागिता रहेको थियो ।

  • २७ भाद्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech