स्वास्थ्य तर्फ डुडुवा जिल्लाकै उत्कृष्ट घोषित

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०८१, बुधबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका आर्थिक वर्ष २०८०/२०८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिका घोषित भएको छ । आर्थिक वर्ष ०८०/२०८१ मा जिल्लाका स्थानीय तहहरुले प्रवाह गर्ने सेवाबारेको जिल्ला स्तरीय समिक्षात्मक गोष्ठिमा डुडुवा गाउँपालिकालाई उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकृत नरेश श्रेष्ठले स्वास्थ्य पेजलाई जानकारी दिए ।

विभिन्न सूचकका आधारमा डुडुवालाई उत्कृष्ट घोषणा गरिएको हो । ७२ दशमलव ४२ स्कोरका साथ डुडुवा प्रथम स्थानमा आउन सफल भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए । नेपालगन्जमा भएको दुई दिने गोष्ठीको अवसरमा बुधबार पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्मालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरिएको छ ।

जिल्लाको स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा अनुसार डुडुवा गत वर्ष दोस्रो भएको थियो । जानकी गाउँपालिका दोस्रो हुन सफल भएको छ । गत वर्ष उत्कृष्ट भएको थियो । यस्तै खजुरा गाउँपालिका तेस्रो, राप्तीसोनारी चौथो, कोहलपुर नगरपालिका पाँचौं, नरैनापुर छैठों, बैजनाथ सातौं र नेपालगञ्ज आठौंमा रहेको छ ।

समिक्षा कार्यक्रमको अवसरमा जिल्लामा उत्कृष्ट भएका स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्रले सम्मानित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech