एलाइभ हस्पिटलमा कुहिनाको जोर्नी प्रत्यारोपण

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८१, सोमबार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

चितवन: एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ।

अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा प्रमोद लामिछानेले भरतपुर–१० का ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको बताए।

डा लामिछाने, अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा अनिल भट्टराईसहितको टोलीले जोर्नी प्रत्यारोपण गरेको हो।

विगत १३ वर्षदेखि हाडजोर्नीको उपचारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको अस्पतालले हालसम्म गरेको जोर्नी प्रत्यारोपणको अनुभवको आधारमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको डा भट्टराईले जानकारी दिए।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech