स्वास्थ्य समूहका गुरुङ र  रिजाललाई  निजामती सेवा पुरस्कार

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०८१, शनिबार

नेपालगन्ज: सरकारले स्वास्थ्य समूहका दुई जना स्वास्थ्यकर्मीलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सीअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सीअहेव (छैटौँ) डा पुष्पराज रिजाल रहेका छन् ।

 उनीहरु दुबै निजामती निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्यका दुईजना पुरस्कृत गर्ने निर्णय गरेको हो । कार्यसम्पादन मुल्यांकनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

निजामती  दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सर्बोत्कृष्ट निजामती पुरस्कार भने यसपटक पनि कसैले प्राप्त गर्न सकेनन।

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech