बिराटनगर: दुई छोरीलाई विष खुवाएर बेपत्ता भएको आशङ्का गरिएकी मोरङ सुन्दरहरैंचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा ७ बाट शनिबारदेखि बेपत्ता भएकी अस्मितालाई झापाबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो । सुन्दरहरैचा नगरपालिका-७ स्थित केराघारीभित्र तीन र एक वर्षीया नाबालिका मृत फेला परेका थिए ।
घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको एक अस्पताल लगिएको छ ।
अस्मिताले समेत छोरीलाई प्रयोग गरेको विष आफूले सेवन गरेको आशंका गरिएको छ । मोरङ प्रहरीका अनुसार उनको शारिरीक र मानसिक अवस्थासमेत अस्वस्थ्य रहेको छ । घटनाबारे थप कुरा बुझ्न बाँकी रहेको प्रहरीले जनाएको छ ।