नर्स ममता काफ्ले बेपत्ता पारेको अभियोगमा श्रीमान् नरेशदत्त भट्ट पक्राउ

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०८१, शुक्रबार

नेपालगन्जः नर्स श्रीमती ममता काफ्ले भट्टको शव लुकाएकोु आरोपमा उनका श्रीमान् नरेशदत्त भट्ट पक्राउ परेका छन्। उनलाई विहीबार दिउसो पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय सञ्चारमाध्यम इनसाइडनोभाका अनुसार भट्टलाई उनकी श्रीमती बेपत्ता प्रकरणमा शव लुकाएको आरोपमा पक्राउ गरिएको हो ।

ममता बेपत्ता भएको दुई हप्तापछि उनका श्रीमान्लाई पक्राउ गरिएको हो। दुई हप्ता भन्दा बढी समयदेखि ममता बेपत्ता छिन्। अमेरिकी प्रहरीले उनको खोजी जारी राखेपनि अझै पत्ता लगाउन सकेको छैन।श्रीमान नरेशले उनी बेपत्ता भएको केही दिनपछि मात्रै प्रहरीलाई खबर गरेको जनाइएको छ।

अमेरिकाको मनसासमा बस्ने २७ वर्षीया ममता २७ अगस्टेदेखि सम्पर्कबिहिन छिन्। कमनवेल्थ न्यायाधिवक्ताको कार्यालयसँगको परामर्शपछि गुप्तचरहरुले थप अनुसन्धानका लागि भट्टलाई पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। उनीहरुकी एक वर्षीया छोरी छिन्। जसलाई सामाजिक सेवा विभाग र मनसास प्रहरीले अनुमति दिएको एक स्याहारकेन्द्रमा पठाइएको बताइएको छ।

उनलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइनेछ। ममता अन्तिम पटक साउन १६ गते मनसास पार्कमा देखिएकी थिइन्। उनी सम्पर्कविहिन भएको केही दिनसम्म श्रीमान् नरेशले खोजीका लागि चासो देखाएनन्। आफन्त र साथीभाइको सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले सोधपुछ गरेपछि मात्रै उनले खोजिका लागि निवेदन दिएको बताइएको छ।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech