भेरी अस्पतालमा झाडापखालाजन्य प्रकोप व्यवस्थापनका लागि छुट्टै वार्ड सञ्चालन गरिने

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०८१, सोमबार

नेपालगन्ज: नेपालगन्ज स्थित भेरी अस्पतालमा झाडापखालाजन्य प्रकोप व्यवस्थापनका लागि छुट्टै वार्ड सञ्चालन गरिने भएको छ ।

केही दिन यता अस्पतालमा हैजा जस्तै देखिने झाडापखालाका बिरामी बढेका छन् । एक सातायता लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशको प्रेशन अस्पतालका रुपमा चिनिने भेरी अस्पतालमा झाडापखालाका बिरामी बढेको चिकित्सकहरु बताउँछन् । अस्पतालमा यस्ता बिरामीको संख्या बढेपछि माहामारी फैलन नदिन सोमबार अस्पतालमा छलफल गरिएको हो । छलफलमा प्रकोप व्यवस्थापनका लागि छुट्टै वार्ड सञ्चालन गर्ने निर्णय गरिएको छ ।

अस्पतालले सञ्चालन गर्ने उक्त वार्डहरुमा विभिन्न पालिकाहरुबाट स्वास्थ्यकर्मी खटाईने भएको छ । छलफलमा बाँकेको डुडुवा गाउँपालिकाबाट दुईजना,जानकी गाउँपालिकाबाट दुईजना,नेपालगन्ज उपमहानगरपालिकाबाट चारजना स्वास्थ्यकर्मीहरु खटाउने निर्णय गरिएको हो ।

यस्तै छलफलबाट प्रकोप प्रभावित स्थानियतहहरुमा जनचेतनामुलक क्रियाकलाप, प्रकोप नियन्त्रण र व्यवस्थापका लागि सरोकारवालहरुसँग समन्वय गर्ने निर्णय गरिएको भेरी अस्पतालका निमित्त मेसु डा.किर्तीपाल सुवेदीले जानकारी दिनुभयो । अस्पतालमा केहिदिनयता हैजा जस्तै देखिने झाडापखालाका बिरामी बढ्दै गएपछि सोमबार अस्पतालका निमित्त मेसु डा.सुवेदीको अध्यक्षतामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा उक्त समस्याको आवश्यक व्यवस्थापन तथा पूर्व तयारीका विषयमा छलफल भएको थियो । छलफलमा अस्पताल व्यवस्थापन , अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे,नर्सिङ निर्देशक दुर्गालक्ष्मी श्रेष्ठ,नर्सिङ प्रशासक ईश्वरी केसी, ईमर्जेन्सी विभाग प्रमुख डा.संकेत रिसाल लगायतको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, नेपालगन्ज उप-महनगरपालिकाका महामारी फोकलपर्सन राजन शाही, डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्मा, जानकी गाउँपालिकाका महामारी फोकल पर्सन टामलाल बेलबासे लगायत विभिन्न स्तानिय तहका प्रतिनिधि तथा सरकोरावालाहरुको समेत उपस्थित थियो ।

हेर्नुहोस् निर्णयहरु :

 

 

 

  • ३ भाद्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech