नेपालगन्जः बाँकेको नेपालगन्जमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले रक्तदान गरेका छन् ।
“स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता: संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिको आयोजनामा शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।
आयोजित रक्तदान कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा तथा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसक्रममा अध्यक्ष जैसी, बिशिष्ट अतिथि राजिव सिंह लगायतका अतिथिहरुले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र राजेन्द्र महतारलाई हस्तान्तरण गर्दै ३९ औं वर्षको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसी, लुम्बिनी प्रादेशिक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजिव सिंह, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका निमित्त प्रमुख बुद्धिसागर भुषाल, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजेन्द्र बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका सचिव नबीन अधिकारीद्वारा सञ्चालित कार्यक्रमको भाईराजा श्रीवास्तवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।