दर्ता नभएका क्लिनिक सिल

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०८१, बुधबार

नेपालगन्जः प्युठानको सरुमारानी गाउँपालिका–४ बडडाँडामा दर्ताबिना सञ्चालन भएको शोभा क्लिनिक जिल्ला प्रशासन कार्यालयले प्युठानले सिल गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले शोभा फार्मेसी दर्ता भएको तर स्वास्थ्य क्लिनिक समेत चलाएको भेटिएकाले गाउँपालिकाको रोहवरमा सिल गरिएको बताए । फार्मेसीसहित ल्याब, एक्सरेलगायत सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

यसैबिच सरूमारानी गाउँपालिकाले गाउँपालिकाको मुख्य बजारमा दुई दिन निरन्तर अनुगमन गरेको छ । दुई दिनमा १२० वटा पसलको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए । अनुगमनको क्रममा अधिकांश पसल तथा होटलमा खाने तेलको गुणस्तरमा ह्रास देखिएको उनले बताए ।

अनुगमनमा खाने तेल, जङ्क फुड, मसला लगायतका म्याद नाघेका सामान भेटिएको थियो । करिब ८५ हजार मूल्य बराबरका म्याद गएका सामानलाई नष्ट गरिएको पालिकाले जनाएको छ ।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech