सर्पदंशः झारफुकमा लाग्दा छोरीको मृत्यु, आमा गम्भीर

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०८१, बुधबार

नेपालगन्जः सर्पदंशका कारण दाङमा बालिकाको मृत्यु भएको भएको छ ।

बालिकाकी आमाको अवस्था गम्भीर रहेको छ। घोराही उपमहानगरपालिका ६ गुरुवागाउँमा गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको छ । बालिकाकी आमा आश्मा चौधरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

ती बालिकालाई सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ग्रामीण क्षेत्रमा अझै सर्पले डस्दा अझैपनि झारफुक तिर लाग्ने गरिएको छ । रुढिवादी यस्ता अभ्यासले मानवीय क्षतीका घटना बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विषालु सर्पले डसेपछि उपचार बाहेक अरु विकल्पबाट ज्यान जोगाउन कठिन हुने भन्दै स्वास्थ्यकर्मीहरुले झारफुकको विश्वासमा नलाग्न आग्रह गरेका छन् ।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech