लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सारुलाई

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०८१, शुक्रबार

दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन् । यही साउन ७ गते नियुक्त भएका आठ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन। आज मुख्यमन्त्री आचार्यले उनीहरुको जिम्मेवारी तोकेका हुन्।

कांग्रेसका धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, प्रचण्ड विक्रम न्यौपानेलाई उद्योग, पर्यटन तथा यातायात, बादशाह कुर्मीलाई वन तथा वातावरण र सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

त्यस्तै एमालेका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास, दिनेश पन्थीलाई कृषि, भूमि तथा सहकारी, खेमबहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

बाँकी रहेका आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भने मुख्यमन्त्री आचार्य आफैँले राखेका छन‍्।

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech