बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०८१, बुधबार

नेपालगन्जः डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ ।

सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो।

आकस्मिक अवतरणपछि हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको हो ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको छ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech