जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था ‘खतरामुक्त’

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०८१, बुधबार

नेपालगन्जः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पताल उच्च स्रोतका अनुसार उहाँको अनुहारमा ठूलो चोट लागेको छ ।

तर उहाँ कुराकानी गर्नसक्ने अवस्थामा रहनु हुन्छ । उहाँको मेरुदण्डको एल टु भाँचिएको देखिएको छ । अनुहारमा गहिरो चोट लागेको छ । ‘तर अहिलेसम्म अवस्था खतरामुक्त छ अस्पताल स्रोतले भन्यो -‘उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।’

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो ।

 

  • ९ श्रावण २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech