बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गरियोस्ः ज्ञवाली

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०८१, मंगलवार

प्रतिनिधिसभा बैठक – सांसद ज्ञवाली काठमाडौँ, ८ साउनः नेकपा (एमाले) सांसद शोभा ज्ञवाली सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्द्रै । तस्बिरः किरणराज विष्ट÷रासस

नेपालगन्जः सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गराउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद ज्ञवाली सरकारलाई उक्त विषयमा ध्यानाकर्षण गराउनुभएको हो । त्यस्तै बर्दिया जिल्ला अस्पतालमा ९ जना चिकित्सकको दरबन्दी कायम रहेकोमा सबै पद रिक्त रहेकोले अस्पतालमा छिटो भन्दा छिटो चिकित्सकको व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो ।

अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएको छ । तर बाल रोग विशेषज्ञ हुँदा हुँदै पनि एनआईसियूको व्यवस्था नभएकोले उपचारमा कठिनाई भएको छ। उहाँले यथासिघ्र ती समस्या समाधानका लागि सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

  • ८ श्रावण २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech