धूवाँमा निसासिएर दिदी–बहिनीकाे ज्यान गयाे

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०८१, मंगलवार

नेपालगन्जः जुम्लामा धूवाँमा निसासिएर १२ दिनकी सुत्केरी र सुत्केरीकी बहिनीको ज्यान गएको छ । आइतवार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धूवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ की २२ वर्षीया मायालक्ष्मी महतरा र १९ वर्षीया जुनमाया रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदीलाल कामतीले जानकारी दिनुभयो ।

सुत्केरी र सुत्केरीलाई स्याहार गर्न गएकी बहिनी हिजो बिहान बेहोस अवस्थामा भेटिएका थिए । उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगेकोमा दिदीको हिजो बिहान र बहिनीको आज बिहान ज्यान गएको डिएस्पी कामतीले जानकारी दिनुभयो । अहिले बच्चाको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

  • ८ श्रावण २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech